विराटनगर/ भन्सार एजेन्ट महासंघ नेपालमा विराटनगरका तीन जना पदाधिकारीमा चयन भएका छन् ।
काठमाण्डौंमा शुक्रबार सम्पन्न भएको सातौं वार्षिक साधरणसभा तथा तेस्रो महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका हुन् । भन्सार एजेन्ट महासंघ नेपालको द्धितीय उपाध्यक्षमा विराटनगरबाट किशोर बहादुर शाही र सदस्यहरुमा चेतनाथ पौड्याल र मनोनित सदस्यमा नवल प्रसाद उपाध्याय रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । सर्वसम्मत रुपमा चयन भएका पदाधिकारीहरु ।