तरहरा/ गत श्रावन २७ गते गएको बाढीमा परि आमा वावु गुमाएका वान्तवा परिवारलाई हङकङमा रहेको किरात राई बान्तवा यायोक्ला ( खिम ) हङकङले संकलन गरेको शैक्षिक खर्च शनिवार हस्तान्त्रण गरेको छ ।
बाढीमा परि ज्यान गुमाएका रामकुमार राई र शान्तादेवि राईका छोरा छोरी कमला वान्तवा र निशान वान्तवा राईलाई अध्यान गर्ने हङकङमा रहेको यायोक्लाले हगंकगंमा वस्दै आएका यायोक्लाका खेलकुद प्रमुख शुभराज राईको हातबाट ४ लाख ६६ हजार १ सय ५९ रुपैया हस्तान्त्रण गरेका हुन ।
कमला र निशान एसओएस वालग्राममा अध्यानरत छन । शैक्षिक खर्च स्वरुप उनीहरुलाई पैसा दिएको राईले वताए । उनले भने पिडित परिवारलाई हामीले हङकङमा उठाएको पैसा यहाँ लिएर दिएका हौ । भविष्यमा अध्यान गर्नेबाट बञ्चित नहुन भनेर आर्थिक सहयोग गरेको जनाउँदै उनले आगमी दिनमा पनि सहयोग गदै जाने वताए ।
हस्तान्त्रण कार्यक्रममा किरात राई यायोक्खा सुनसरी अध्यक्ष कमला राईको पनि उपस्थित थियो ।