झापा । झापाको दमक ९ शान्तिचौक निवासी ५९ बर्षिय बिदुर मोतेको शुक्रबार आफ्नै श्रीमतीको कुटाइबाट ज्यान गएको छ । प्रहरीका अनुसार दुबैजना मादक पदार्थ सेवन गरेको र झगडा गर्दा घटना भएको प्रारम्भिक रुपमा देखिएको छ । ४८ बर्षया श्रीमती सानुमाया मोतेले मादकपदार्थ सेवन गरेर कुटपिट गरी मारेको भन्ने सुचना इलाका प्रहरी कार्यालय दमकमा प्राप्त भएपछी घटनास्थलमा प्रहरीको टोलीले कुुटपिट गर्ने सानुमाया मोतेलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।