भद्रपुर । प्रहरीलाई चक्मा दिर्दै झापामा एक थुनुवा शौचालयबाटै फरार भएका छन् । बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका ५ का २० बर्षिय रोशन माझी शुक्रवार बेलुका साढे ७ बजे फरार भएका हुन ।
जिल्ला प्रहरी कार्यालय झापाको थुनामा राखिएको माझीलाई पेट दुखेर उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर पुर्याएका थिए । अस्पताल पुगेका माझीलाई शौच लागेपछि प्रहरीले अस्पताल भित्र रहेको शौचालयमा लगेको थियो । शौचालय गर्न गएका माझी त्यहीबाट फरार भएको प्रहरी स्रोतले जनाएको छ । शौचालय गर्न गएका थुनुवा बाहिर नआएपछि प्रहरीले ढोका खोलेर हेर्दा थुनुवा फरार भइसकेका थिए । थुनुवासँगै गएका प्रहरी र अस्पताल कर्मचारीलाई चक्मा दिदै भाग्न सफल भएपछि अस्पतालमा तैनाथ प्रहरीमा खैलाबैला मचिएको थियो । अस्पतालबाटै थुनुवा भागेपछि प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालयका प्रहरी टोलीले उनको खोजी कार्य गरिरहेको छ । फरार भएका माझी क्राउ परेका छैनन । गत कार्तिक ४ गते भाईटीकाको दिन माझीले छिमेकी ६ बर्षिया बालिकालाई ज्यान मार्ने धम्की दिदै जबरजस्ती बलात्कार गरेको पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको थियो ।