विराटनगर/ विराटनगर – ४ खार्जी कोहबारमा निमार्ण हुने तारणीप्रसाद कोइराला सञ्चार ग्राम दोस्रो पटक शिलन्यास भएको छ ।
सूचना तथा सञ्चार क्षेत्रको केन्द्र बनाउने उद्देश्यले निर्माण गरिने सञ्चारग्रामको विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले शुक्रबार एक कार्यक्रम आयोजना गरि शिलन्यास गरे ।
यसअघि संचारग्रामको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत शिल्यानास गरेका थिए । शिल्यानास गरिएको भएपनि वजेट विनियोजित नहुदा निर्माणको काम अलपत्र वनेको थियो । प्रधानमन्त्री ओलीले शिल्यानास गरेको संचारग्रामको पुन महानगरपालिकाका प्रमुख पराजुलीले शिल्यानास गरेका हुन् ।
संचार मन्त्रालय र रेडियो नेपालको १९ करोड ९६ लाखको संयुक्त लगानीमा सञ्चारग्राम निर्माण हुन लागेको हो । ६ कट्ठा ८ घुरमा निर्माण हुन लागेको संचार ग्राम ४ तल्ले हुनेछ । संचारग्राम प्रोजेक्टका इन्जिनियर अर्जुन थापाका अनुसार आगामी ०७५ चैत मसान्त सम्म निर्माण सम्पन्न भई सक्ने छ । विराटनगर महानगरपालिकाको व्यवस्थापनमा निर्माण हुने सो संचारग्राम नेपालको नमूना सञ्चारग्राम निर्माण हुने वताइएको छ ।
महानगरपालिकाका अनुसार सञ्चारग्राममा २ सय ५० जना अट्ने हल, एक सय ५० जना क्षमताको तालिमहल, क्षेत्रीय सञ्चार संग्राहलय, इ—लाइब्रेरी, रेकर्डिङ स्टुडियो, समाचार तथा कार्याक्रम प्रशारणका लागि एफएम स्टुडियो, प्रशासनिक कक्षलगायतका संरचना निर्माण हुने छ । काठमाण्डौं बाहिर प्रादेशिक संरचना अनुरुप निर्माण हुन लागेको विराटनगरको सञ्चारग्राम नेपालकै पहिलो हो । संचार गमको निर्माण सगै पूर्वी प्रदेशको राजधानीका रुपमा अघिबढेको विराटनगरको सञ्चारग्राम पनि थपिने भएको छ ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले स्टिल संरचनामा निर्माण गर्न लागिएको संचारग्राम अत्याधुनिक र सुविधासम्पन्न नेपालकै नमूना बनाउन लागिएको वताए । नेपालमा प्रजातन्त्र रेडियोको नाउँबाट तारणीप्रसाद कोइरालाले पहिलोपटक विराटनगरबाट रेडियो प्रशारण गरेका थिए । प्रजातन्त्र र रेडियो प्रशारणको उद्गम स्थलका रुपमा रहेको विराटनगरमा रेडियोको सुरुवाद गर्ने कोइरालाको नामबाट सञ्चारग्राम निर्माण गर्न लागिएको हो ।