इलाम/पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता तथा बाम गठबन्धन इलाम निर्वाचन क्षेत्र नं एकका प्रतिनिधिसभाका उम्मेद्धार झलनाथ खनालले इलाम जिल्ला बामपन्थीको लाल किल्ला रहेको र बाम गठबन्धनप्रति विपक्षी तर्सिएको बताए ।
आगामि मसिंर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको उम्मेद्धारी मनोनयन गर्न विहिबार इलाम आएका खनालले मुलुकको आमूल परिवर्तन गर्न बामपन्थी एकजुट हुन निर्वाचको महत्वपूर्ण भूमिका रहेको बताए । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्धारहरुको बाम गठबन्धन जिल्ला परिचान समिति इलामले विहिबार आयोजना गरेको आम भेलामा बोल्दै उनले देशभक्ति लोकतन्त्र र सविंधानको रक्षा गरि मुलुकमा जनताको हितमा समाजबाद स्थापना गर्न बामपन्थीहरु एकजुट भएकोमा विपक्षीले यसलाई अधिनायकवाद भन्नु आकाशमा फर्केर थुक्नु जस्तै भएको बताए ।
मुलुकको अग्रगामि परिवर्तनीय सविंधानलाई खोक्रो बनाउन अन्य दलहरु लागेकाले सविधांनलाई बताउनकाका बामपन्थी गठबन्धन गरेको बताए । निती सिद्धान्त अलग भएतापनि एकता नभई सविंधानको परिकल्पना नहुने भएकाले जनताको हितका लागि बाम गठबन्धन अनिवार्य रहेको बताए । अन्र्तराट्रिय कानुनको उल्लंघन गरि सिमानामा बाटो,बाँध बनाउने र मधेश र मधेशीको पक्षमा काम गर्ने कांग्रेसको भ्रममात्र रहेको बताए । व्यापक सम्भावना भएको लोकतन्त्र गफ गर्न पाउने लोकतन्त्र नभई जनताको आर्थिक,सामाजिक,साँस्कृतिक,स्वतन्त्रताको पक्षमा ल्याउन मुलुकमा समाजवादी लोकतन्त्रको स्थापना गर्न बाम गठबन्धनको आवश्यकता रहेको र यसलाई पुजीँवादी,साम्यवादी तानाशाही भन्नु कांग्रेसको झुट वक्तव्य रहेको बताए ।
वैचारिक,सैद्धान्तिक तथा राजनीतिक एकरुपता ल्याई असम्भवहरुलाई सम्भव बनाउन दुई पार्टी मिलेर संकल्प गरी चुनौती र जटिलतालाई हल गरेर साझा आधार तयार गरि बाम गठबन्धनले समाजवादी लोकतन्त्र ल्याउन तालमेल पहिलो चरण भएको र पार्टी एकता दोस्रो चरणको कार्य रहेको बताए । उनले इलाम जिल्ला बामपन्थीको किल्ला बन्नेमा समेत ठोक्वा गरे ।