पथरी/ मोरङ क्षेत्र नम्बर ३ मा बाम गठबन्धन विरुद्ध एमालेका प्रतिनिधिसभाको लागी भेषनाथ रिजालले बागी उमेरदवारी दिएका छन् । मोरङ जिल्ला पार्टीका सचिवलाय सदस्य तथा एमालेको क्षेत्र नम्बर ३ इन्चार्ज रिजालले एमालेको प्रमुख सचेतक तथा पोलिटब्युरो सदस्य भानुभक्त ढकालको बिरुद्ध प्रनिनिधि सभाको लागी बागी उमेरदवारी दिएको हो । रिजालले बिहिवार जिल्ला निर्वाचन कार्यालय मोरङमा बागी उम्मेद्वारी घोषणा गरेका थिए ।

रिजाल स्थानीय निर्बाचनमा टिकटको निकै कुरा चलेर पनि छाड्नु परेको थियो । प्रतिनिधि सभामा पनि उम्मेदवार बन्नबाट बञ्चित गरिएको, भूगोल र जातजाती नमिलाई पार्टीले टिकट बाढेको भन्र्दै बागी उमेदवार बनेको रिजालले बताए । त्यसैगरी मोरङको बेलबारी–३ का दिलप्रसाद राई (डिपी)ले पनि प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले नेकपा(एमाले)का राजकुमार ओझा विरुद्ध मोरङ क्षेत्र न. ३ (ख)बाट उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभाको राईको चर्चा भएपनि अन्तिम समयका ओझाले टिकट पाएका थिए । एमाले भित्र इमान्दार र स्वच्छ छविका नेताका रुपमा परिचित उनी यसअघि पनि बेलबारी नगरपालिकाको मेयरको उम्मेदवारमा चर्चामा थिए । तर मनोनयनको दिनको ज्ञानेन्द्र सुवेदीलाई पार्टीले उठाएको थियो । पहिलो र दोस्रो संबिधानसभा निर्बाचनको उनको चर्चा भएपनि उनलाई उम्मेदवार बनाइएन् । तर उनी उम्मेदवारको प्रबल दाबेदारका रुपमा चर्चामा आए पनि बनेन् । उनले आफुलाई बारम्बार वेवास्ता गरिएको बताएका छन् ।

आफनो यसपल्टको स्वतन्त्र उम्मेदवारी पार्टी र जनताको लागि काम गर्ने मान्छेहरुलाई सँधै वेवास्ता नगरियोस भनेर शिक्षा दिनको लागि समेत भएको बताए । उनलाई चुनावमा जिल्ला कमिटिले सिफारिस नगरेपछि एमाले बेलबारी नगरकमिटिको कार्यलयमा युवासंघ र लोकतान्त्रिक जनजाति आदिबासी महासंघले बिहिबार तालाबन्दी गरेको थियो ।