ताप्लेजुङ/नेपाल राष्ट्र बैंक विराटनगर शाखाले ताप्लेजुङ सहित पुर्वका नौ वटा जिल्लाको आर्थिक तथा बैंकिङ तथ्याङ्क संकलन गर्न सुरु गरेको छ । ती जिल्लाको आर्थिक विकासको अवस्थालाई एकिकृत गरी योजना तर्जुमा गर्ने उद्धेश्यले पुर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, धनकुटा, सुनसरी, मोरङ र सप्तरी जिल्लाको तथ्याङ्क संकलन गर्न सुरु गरीएको सो बैंकले जानकारी दिएको छ । तथ्याङ्क संकलन भने ताप्लेजुङबाट सुरु गरीएको नेपाल राष्ट्र बैक विराटनगरका निर्देशक विनोद राज आचार्यले जानकारी दिनुभयो । तथ्याङ्क संकलन गर्ने क्रममा निर्देशक आचार्यको संयोजकत्वमा ताप्लेजुङ आईपुगेको सो टोलिले विहिबार सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमको आयोजना गर्दै तथ्याङ्क संकलन र यसको प्रयोगका विषयमा जानकारी दिएको थियो । सो कार्यक्रममा बोल्दै निर्देशक आचार्यले बैक सरकारको आर्थिक सल्लाहकार समेत रहेको र योजना तर्जुमाको समयमा राष्ट्रिय योजना आयोगलाई आर्थिक तथा बैकिङ विश्लेषण र तथ्याङ्क बुझाउनुपर्ने दायित्व रहेकाले पनि यो कार्यको सुरुवात गरीएको बताए । संकलित तथ्याङ्कको आधारमा बार्षिक बजेट, आर्थिक सर्वेक्षण र पुर्व बजेट समिक्षा गर्न सकिने भएकाले पनि सो काम महत्वपुर्ण रहेके बैंकको भनाई छ । आर्थिक तथा बैकिङ तथ्याङ्कको महत्व अतुलनिय रहने भएकाले पहिलो चरणमा पुर्वका नौ वटै जिल्लाको कृर्षि क्षेत्र, उद्योग क्षेत्र र सेवा क्षेत्रको अध्यायन गरीने बैंकले बताएको छ । कृर्षि क्षेत्रमा कृर्षि उपजले ढाकेको भु–क्षेत्र, कृर्षि उत्पादन, सिचाई तथा मौषमि स्थिति, कृर्षि उत्पादनको परिदृश्यका विषयमा अध्यायन गरीने छ भने उद्योग क्षेत्रमा क्षमता, उपयोग र स्थिति, औद्योगिक कर्जाको अबस्था र औद्योगिक उत्पादन परिदृश्यका विषयमा अध्यायन गरीने छ । त्यस्तै सेवा क्षेत्रमा पर्यटन, सार्वजनिक निर्माण तथा रियलस्टेट, वितिय सेवा, यातायात तथा सञ्चार, शिक्षा तथा स्वास्थ्य र सेवा क्षेत्रको परिदृश्यको अध्यायन गरीने बताईएको छ । ति तथ्याङ्क संबन्धित जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा तयार पारिने निर्देशक आचार्यले बताए ।