भद्रपुर । माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ भने, तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–२ का १९ वर्षीय कृष्ण लिम्बु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोडको अदुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिर्तामोड २ बस्ने १८ वर्षीय अबिशेक राई, १९ वर्षीय बिमल रेग्मी र आभाष राई घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।