धरान / सुनसरी क्षेत्र नम्वर १ क मा नेपाली काँग्रेसका मदन ढकालले पनि उमेद्वारी दर्ता गराउने भएका छन् ।

आगामी मंसिर २१ गते हुने प्रदेश सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्वर १ क बाट पूर्व नगर सभापति किशोर राईले टिकट पाए पछि ढकालले पनि उमेद्वारी दर्ता गर्ने भएका हुन् । ढकालले ब्लाष्टसँग कुरा गर्दै आफू एक नम्वर क्षेत्रको क बाट पहिलो नम्वरमा सिफारिस भएको भए पनि पार्टीले ख बाट सिफारिस गरिएका राईलाई टिकट दिए पछि विद्रोही उमेद्वारी दिने बताए ।

ढकाल नेपाली काँग्रेसका पूर्व जिल्ला सचिव, पूर्व नगर सभापति हुँदै हाल वरिष्ठ सदस्य हुन् । विहीबार आफूले उमेद्वारी दर्ता गराउने क्षेत्रीय कमिटिको बैठकमा समेत जानकारी गराई सकेको ढकालले ब्लाष्टसँग बताए ।