विराटनगर/ सडक बालबालिकालाई काम लगाइदिने बहानामा भारत लैजाने गिरोहमा संलग्न एक भारतीयसहित तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी क्षेत्रमा बस्दै आएका तीनजना सडक बालकलाई भारततर्फ लैजानेक्रममा प्रहरीले जोगवनीको रल्वे स्टेसनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत, मुरदवा पौटा ग्रामपञ्चायत दाखाकोठीका ३१ वर्षीय मञ्जित सिंह, मोरङ, मोतिपुर घर भइ हाल सुनसरीको इटहरी बस्दै आएका ३६ वर्षीय राजु भण्डारी र इटहरी–१० का २८ वर्षीय सुरज कृषिदेव छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले उनीहरु तीनैजनालाई मानव बेचविखन तथा ओसार–प्रसारसम्बन्धी मुद्दा चलाइएको जानकारी दिए ।

इमेजखबर