विराटनगर/ विराटनगरमा मंगलबार साझ सम्पन्न भएको मिस्टर एण्ड मिस लिटल कोशी २०१७ को उपाधि मानसी बेग्वानी र अधिप निरौलाले जितेका छन् ।
जय मिडिया म्यानेजमेन्ट प्रा.लि.ले स्कूल अध्ययरत विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगिताको मिसतर्फको फस्ट रनरअप उपासना राई भइन् भने एन्जेल श्रेष्ठ सकेकेन्ड रनरअप घोषित भइन् । एन्जेलले मोस्ट ब्यूर्टीको समेत एवाडे जितिन् । मिस्टर तर्फको फस्ट रनरअपको उपाधि स्रेअसोन कठायत जिते भने ओम्श्री गुरुङले सेकेण्ड रनरअपमा चित्त बुझाए । विजेता बनेका बेग्वानी र निरौलाले जनही नगद ३१ हजार पुरस्कारको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गरे ।
प्रतियोगिताको फस्ट रनरअप र सेकेण्ड रनर अपले क्रमशः २१ हजार रुपैयाँ तथा १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगितामा सहभागि जनाएको भन्दा सबैभन्दा कम उमेरकी प्रतियोगी सिर्जना थापा तेस्रो रनर अप भईन भने सलिना श्रेष्ठ चौथो रनर अप घोषिभ भएका थिए । प्रतियोगिताको बिजेताहरुले जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माणाधीन चलचित्र ‘कर्मा’ बालकलाकारको भूमिकामा अभिनय गर्न पाउनेछन् । जय मिडियाले यस पटक आयोजना गरेको मिस्टर एण्ड मिस लिटल कोशी दोस्रो संस्करण हो ।