भद्रपुर । स्थानीय तह अन्तर्रगत रहेका कृषकलाइ कृषि पेशामा संस्थागत गर्ने उदेश्यले झापाका निर्वाचित जनप्रतिनिधिविच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघ झापाले मंगलवार भद्रपुरमा आयोजना गरेको परिवर्तित सन्दर्भमा स्थानीय तहको कृषि,वर्तमान अवस्था र अबको बाटो विषयक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कृषि विज्ञ राजेन्द्र कडरियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । विकास भन्नाले सडक पुल पुलेसालाइ मात्र हरिएको हुदा अबको समयमा कृषि क्षेत्रपनि जिवीको पार्जनका लागि जोडिएकोले विकासमा हेरिनु पर्ने धारणा राखेका थिए । कुन गाउपालिका तथा नगरपालिकामा कस्तो किसिमको कृषिबाली हुने हो त्यो प्रष्ट भएमा किसानमा उर्जा आउने उनको भनाइ थियो । कार्यक्रममा महासंघ झापाका अध्यक्ष महेश तिमसिनाले झापाको कृषि क्षेत्र, सम्भावना र चुनौतिका विषयको कार्यपत्र प्रस्तुत् गरेका थिए । कृषि योग्य जमिन संरक्षण तथा वर्गिकरण,रैथाने विउ विजन संरक्षण,विषादी न्यूनिकरण सम्बन्धि जनचेतना,अर्गानिक मल बनाउने बिधि,उत्पादको बजारीकरण लगायतका विभिन्न बुद्धमा समेटिएको स्थानीय तहमा गर्नसकिने कृषि गतिविधिका बारेमा प्रष्ट पारेका थिए । त्यसैगरि जिल्ला कृषि विकास कार्यालय झापाका बरिष्ठ कृषि विकास अधिकृत प्रकाश कुमार डाँगीले झापाको कृषि क्षेत्रमा वर्तमान अवस्था, अवसर र चुनौतिका बारेमा कार्यपत्र पेश गरेका थिए ।
महासंघ झापाका अध्यक्ष तिमसिनाको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाका निर्वाचित जनप्रतिनिधि,कृषक समुह,कर्मचारी सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।