पाँचथर/ युवतीहरुको व्यक्तित्व विकास तथा उनीहरुभित्रको आन्तरिक क्षमतालाई बाहिर ल्याउँने उदेस्यले ‘मिस मेची–२०१७’ आयोजना गरिने भएको छ ।

प्रतियोगिताको पहिलो अडिशन १६ कार्तिक देखि झापाबाट सुरु गरिने आयोजक ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले जनाएको छ । मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङका युवतीहरुका लागि  गर्न लागिएको प्रतियोगितामा १६–२४ बर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताबारे जानकारी दिन फिदिममा आयोजना गरिएको पत्रकार सम्मेलनमा पहिलो चरणको अडिसनबाट ३० जना प्रतियोगि छनौंट गरिने र उनीहरुलाई एक महिने क्षमता विकास सम्बन्धि वर्कसपमा सहभागि हुने अवशर प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । फाइनल अडिशनबाट ‘मिस मेची–२०१७’ हुनेले नगद ५० हजार, फस्ट रनर अपले २० हजार र सेकेन्ड रनर अपले १५ हजार सहित विभिन्न अवशर प्रदान गरिने बताइएको छ ।