भद्रपुर । भारतवाट नेपालमा ल्याइएको बारुदजन्य पटका शसस्त्र प्रहरी भद्रपुरले नष्ट गरेको छ । आउदै गरेको छठ पर्वलाइ लक्षित गरि झापाको सीमावर्ती क्षेत्रवाट विभिन्न मितिमा नेपाल भित्र्याउदै गरेको अवस्थामा प्रहरीले पटका बरामद गरि पत्रकारको रोहवरमा सोमवार नष्ट गरेको हो । सीमाक्षेत्रमा खटिएका शसस्त्र प्रहरीले चेकजाँचको क्रममा विभिन्न मितिमा विभिन्न प्रकारका नेपालमा प्रतिबन्धित मानिएका अन्दाजी एक लाख मूल्य बरावरको पटका बरामद गरि शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुर परिसरमा नष्ट गरिएको कार्यालयका डिएसपी दिपेन्द्र गिरीले बताए । झापाको भद्रपुर, केचना, गौरीगञ्ज लगायतका नाकावाट प्रहरीले पटका बरामद गरेको डिएसपी गिरीले जनाए । वर्षमा एक पटक दशै,तिहार र छठ पर्वलाइ लक्षित गरि तस्करले पटका नेपाल भित्र्याउने गरेकोले यसको नियन्त्रणका लागि सादा पोशाकका प्रहरी तथा अन्य सुरक्षाकर्मी परिचालित गरिएको सीमा सुरक्षा कार्यालय भद्रपुरले जनाएको छ ।