विराटनगर / जुवाडेको खालमा छापा मार्नुभन्दा अगाडि नै प्रहरीबाटै जुवाडेलाई सूचना पुगेपछि पेशेबर जुवाडे प्रहरीको फन्दामा पर्नबाट जोगिएका छन् ।चार्डपर्वको समयमा जुवाजन्य गतिविधि बढेको भन्दै मोरङ प्रहरीले जुवाडे पक्राउ अभियान तीब्र बनाएको थियो ।

[caption id="attachment_58228" align="aligncenter" width="1280"] जुवाडे पक्राउ गर्दै प्रहरी [/caption]

तर, प्रहरी घुमुवाले दिएको सूचनाको आधारमा छापा मार्न पुग्नु अघि नै प्रहरीभित्रैबाट सूचना चुहिँदा कतिपय जुवाडेहरु भाग्न सफल भएका थिए । पेसेबर जुवाडेले दिएको पैसाको प्रभोलनमा परि प्रहरीभित्र सूचना चुहावाट हुँदा नगर क्षेत्रमा हुने ठूलो जुवाखालका जुवाडे प्रक्राउ गर्न नसकेको प्रहरी स्रोतकै दाबी छ ।

‘हाम्रै प्रहरीभित्रका सिआरभीमा खटिने प्रहरीले जुवाडेलाई सूचना दिँदा पेशेबर जुवाडे उम्किएका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘सूचना प्राप्त हुने बितिकै छापा मार्न हामी पुग्छौं, हामी पुग्ने बित्तिकै पेशेबर जुवाडे फरार भइसकेका हुन्छन् ।’ प्रहरी निगरानीमा रहेको पेशेबर जुवाडेलाई हालसम्म पक्राउ गर्न नसकिएको स्रोतको भनाई छ ।

चाडपर्वको समयमा प्रहरीले विराटनगरका विभिन्न स्थानबाट चार दर्जन जुवाडे पक्राउ गरेको छ । चाडपर्वको समयमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रंगेहात ४८ जना जुवाडेलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।चाडपर्वको समयमा जुवाडे पक्राउ परेका हुनाले प्रहरीले अदालतसँग समन्य गरि हाजिरी जमानतमा छोडेको थियो ।

पक्राउ परेका जुवाडे सामाजिक क्षेत्रका देखि व्यापारी तथा उद्योगी रहेका छन् । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिबाटै प्रहरी दबाबमा परेका कारण नाम भने सार्वजानिक गरेको छैन । प्रहरीले विराटनगर–९ सहकारी मार्ग बाट १३ जना, जामुनगाछीबाट १९ जना र बरगाछीबाट १३ जना जुवाडे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका जुवाडेलाई आइतबार अदालत हाजिर गराई धरौटीमा रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख अरुणकुमार बिसीले जुवाडेको नाम लिष्ट इमेलमार्फत आउने भन्दै जुवाडेको नाम दिनबाट पन्छिएका छन् ।