इलाम तिहार नजिकिएसगैँ ढकमक्क फूल फूल्न थालेपछि माई भगवति वृद्धाश्रमका वृद्धवृद्धाहरु फुरुङ्ग परेका छन् । आश्रमको एक रोपनी क्षेत्रफलमा मार्वेल गार्वेल जातको एक हजार विरुवा रोपेको तर युरिया मलको प्रयोगमा त्रुटि भएपछि बीचबीचमा विरुवा मरेपनि बोट भएको विरुवामा भने प्रशस्त फूल फूलेसगैँ उनीहरु दङ्ग परेका हुन् ।
वि.सं २०६३ सालमा स्थापना भएको इलाम नगरपालिका दशमा अवस्थित माई भगवति वृद्धाश्रममा जम्मा नौ जना ज्येष्ठ नागरिक आश्रित यस आश्रममा फूलको खेति गरेसगैँ आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दिनचर्या कटाउन समेत सहज भएको सोही आश्रममा बस्ने ८० बर्षिया वृद्धा देवकुमारी घिमिरे बताउछिन् । उनी भन्छिन्“यस्तो ढकमक्क फूल फूलेको छ,फूलबारीमा गएर बस्दै आनन्द आउँछ पोहोर धान मकै फल्थ्यो तर यसपाली फूल फूलेको छ धान मकै भन्दा फूल नै रमाइलो ।” त्यस्तै ७८ वर्षिया वृद्धा पवित्रा विकले पनि फूल गोडुने,झार उखेल्ने काम गर्न त्यसै रमाइलो लागेको बताइन् ।
फूलबारी देखेर चाडबाड,आफन्त परिवारको याद आएपनि मन भुल्लिने माध्यम बनेको उनीहरुको भनाई छ ।फूल रोपेपछि फूलको स्याहार गर्न दिनहुँ विहान दिउसो र साझँको समयमा समय कटाउन सहज भएको महसुस ज्येष्ट नागरिकहरुले गर्ने गरेका छन् । विहान बेलुका पूजा गर्न मन्दिरमा चढाउन समेत फूलको प्रयोग पाइने भएकाले फूुल खेतिप्रति वृद्धवृद्धाको आकर्षण बढेको हो ।
महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामको पुष्प तथा बागबानि विज्ञान विषयको अध्ययन पश्चान फुल खेतिमा आकर्षण बढेको आश्रमका सदस्य राजेश पराजुलीले बताए । उनले आश्रममा फूलेको फूलको स्थानीय इलाम बजारमा लक्ष्मी पूजाको दिन वृद्धवृद्धाहरुलाई सगैँ लगेर विक्री गर्ने उनको भनाई छ । उनले रोपेको ९० दिनमा एक बोट बराबर करिब ४० थुगाँ पूल्ने फूल प्राविधिक ज्ञानको अभावका कारण सोचेजस्तो फूल फूलाउन नसकेको बताए ।
पहिलो पटक फूलखेति गरेसगैँ ज्येष्ट नागरिकको समेत आकर्षण बढेको हुनाले आगामि दिनहरुमा व्यावसायिक र आधुनिक फुल खेतिलाई थप आकर्षक बनाउने लक्ष्य रहेको बताए ।