काठमाडौं/ नेपालमा जापानी स्कुल सञ्चालन गर्ने नाममा एक जापानीसँग ६ करोड रुपैयाँभन्दा बढी रकम ठगेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वपदाधिकारी पक्राउ परेका छन् । राजधानीमा शनिबारदेखि सुरु एनआरएनएको विश्वसम्मेलनको पूर्वसन्ध्यामा काठमाडौं प्रहरी परिसरको टोलीले अनुज थापालाई पक्राउ गरेको हो ।

पीडित जापानीले केही दिनअघि परिसरमा आउर उजुरी गरेपछि प्रहरीले थापाको खोजी गरेको थियो । थापा एनआरएनए, जापानका पूर्वमहासचिव हुन् । उनी हाल उनी हाल एनआरएनए आईसीसी सदस्य छन् । नेपाल पर्यटन बोर्डको जापानस्थित प्रतिनिधिसमेत रहेका थापाले जापानी प्रोफेसर यामामोतो हिराकीलाई प्रलोभनमा पारी ठूलो रकम हात पारेका थिए ।

अन्नपूर्ण पोस्ट दैनिक