काठमाडाैं/तेस्रो फ्युजन मिस ग्लाम २०१७ को उपाधि धरान १५ कि सुनिता रसाइलीले जितेकी छन ।
उनलाई कार्यक्रमका विशेष अतिथी तथा निर्णायक मिस प्लस टु २०१७ कि विजेता सिमरन तुलाधरले क्राउन पहराइदिएका थिए । उनले गिफ्ट ह्याम्पर संगै आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गरेका छन । फ्युजन क्लवले हरेक वर्ष मिस ग्लाम पार्टिको आयोजना गर्दै आइरहेको छ । पार्टिमा उपस्थितहरु वाट मिस ग्लामको छनौट गरिने आयोजक फ्युजन क्लवका प्रोपराइटर डिजे ललित राईले जानकारी गराए । उपाधिको लागि सहभागिको व्यक्तित्व, प्रस्तुति, पहिरन, शारिरिक वनौट र श्रृगार हेरिने राईले वताए ।
मिस ग्लामको पहिलो संस्करण अञ्जु राई र दोस्रो रन्जिता श्रेष्ठले जितेकी थिइन । निर्णायकहरुमा मिस प्लस टु २०१७ कि विजेता सिमरन तुलाधर, पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र डिजे ललित राई रहेका थिए । धरान देशकै ग्ल्यामरस शहरमा चिनिने र यहाका महिलाहरु फेसनेवल भएको हुनाले वहाहरुलाई मध्येनजर गरेर पनि मिस ग्लाम पार्टि आयोजनाको सुरुवात गरिएको डिजे राईले जनाए । धरान ९ स्थित फ्युजन क्लवको आयाजना आयोजित मिस ग्लामका तेस्रो संस्करण शुक्रवार संपन्न भएको थियो ।
साझ सात वजे देखि सुरु भएको पार्टि राति १० वजे सम्म चलेको थियो ।