काकँरभिट्टा/केही दिन अघि झापाको काकँरभिट्टामा प्रहरी प्रशासन र नागरिक बिचमा जनगुनासो विषयमा सार्वजनिक सुनुवाइको आयोजना भयो । सो कार्यक्रममा नाकामा हुने प्रहरी ज्यादती र नागरिकले पाउने हैरानीको विषयमा धेरै चर्चा भयो । तर यस्ता कार्यक्रम नाकामा हुँदा समेत प्रहरी प्रशासन भने मिलेमतोमा रकम असुल्न व्यस्त नै रहेका छन् ।
भारतबाट अवैध रूपमा औषधी नेपाल भित्राउदै गरेको अवस्थामा यसै नाकामा शुक्रवार बेलुका एक जना समातिए ।जब उनी समातिए तब रहस्या समेत बाहिर आयो सशस्त्र प्रहरीले ती व्यक्तिसँग पैसा लिएको कुरा खुल्न आएको थियो । शिवसताक्षी नपाका भानुभक्त ढुङ्गानालाई यसै नाकाबाट औषधी ओसार प्रसार गर्ने गरेको भन्दै जनपथ प्रहरी समात्न सफल भयो ।
जाँचको क्रममा कालो झोलामा राखिएको विभिन्न १९ प्रकारका औषधी फेला पारेको जनपथ प्रहरी काकँरभिट्टाका डिएसपी टङ्क भटट्रारार्इले बताए । उनलाई औषधी विभागको बिराटनगरस्थित क्षेत्रीय कार्यालय पठाइएको छ । तर अभियुक्त ढुङ्गानाले भने,चेकपोष्टमा सशस्त्र प्रहरीले पक्राउ गरेपछि दुई सय,तिन सय,हुँदै तीन हजारमा कुरो मिलेपछि यो ब्याग हामी ल्याई दिन्छौ,तपाईँ बसपार्कमा बस्दै गर्नु भनेको थियो । यो गतिविधि जनपथ प्रहरीले देखेको थियो उनले बताए ।
सशस्त्रले झोला ल्याउने बितिकै जनपथले पैसा माग्यो,मसँग १५ सय मात्र थियो । पैसा अपुग भएकै कारण मलाई पक्राउ गरिएको हो । उनलाई झापा जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइको औषधि व्यवस्था विभागले जनाएको छ । यस विषयमा सशस्त्र प्रहरी गुल्म काकँरभिट्टाका प्रमुख नवराज थापा सँग केही समय अघि सम्पर्क गर्दा उनले यो विषयमा आफूलाई थँहा नभएको जवाफ दिए । मैले फेरि सोध औषधी कटाउदा नाकामा पैसा लिएको विषयमा मिडियामा समाचार आएको कुरा थाँहा छैन । उनले भने म राजधानीमाबाट फकिर्दै छु । सबै कुरा त्यही आएर बुझेर भनौला । यो जवाफ थियो ।
नाकामा तस्करी नियन्त्रणमा खटिने सशस्त्र प्रहरीका प्रमुखको आफ्नै मातहतका प्रहरीले घुस लिएको प्रचार प्रसार भई रहदा प्रमुखनै थाँहा छैन भनीराखेका छन् । जिम्मेवारी समाल्न नाकामा आएका थापालाई नाकाको गतिविधि थाँहा नहुनु कस्तो अचम्वको कुरा हो । कि थँहा पाएर पनि बुच पचाई राखेका छन् । यता जनपथ प्रहरीका प्रमुख भट्टराईले अवैध औषधी ओसार्न सकृय गिरोहहरू खोजी भई रहेको बताए । हिजै मात्र हामीले धेरै औषधी समातेका छौ , उनले भने ।