काठमाडौं/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पति बनाउनका लागि राजस्थानकी एक महिला विगत एक महिनादेखि धर्नामा बसेकी छन् । मोदी आफैं उनलाई भेट्न नआउन्जेलसम्म धर्नामै बस्ने महिलाको भनाइ छ ।

दिल्लीको जन्तरमन्तरमा धर्ना दिइरहेकी महिलाको नाम ओम शान्ति शर्मा हो । यी ४० वर्षीया महिलाले मोदीलाई साथ दिने इच्छा राखेको बताइन् । पत्रकारहरूले महिलालाई प्रश्न गर्दा उनले प्रधानमन्त्रीको सेवा गर्न चाहेको किन कि उहाँ एक्लैमाथि कामको ठूलो बोझ रहेको बताइन् । महिलाले भनिन्, ‘उहाँलाई भेट्न मानिसहरूले मलाई दिँदैनन् तर उहाँलाई सहायता आवश्यक छ भन्ने मलाई थाहा छ । उहाँ पनि मजस्तै एक्लो हुनुहुन्छ ।’ यी महिलाले राजस्थानमा आफूसँग टन्नै जमीन, पैसा र सम्पत्ति भएको दाबी गरेकी छन् । आफूले जमीन बेचेर मोदीजीका लागि उपहार किन्न खोजेको उनी बताउँछिन् । एजेन्सी