-
Home
-
अर्थ
-
सपोर्ट माइक्रोफाइनान्सको आइपिओमा आबेदन भर्ने आज अन्तिम दिन
सपोर्ट माइक्रोफाइनान्सको आइपिओमा आबेदन भर्ने आज अन्तिम दिन
- असोज २३, २०७४
- ब्लाष्ट खबर
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (SMFBL) ले निष्काशन गरेको आइपिओमा आबेदन दिने आज अन्तिम हो। माइक्रोफाइनान्सले असोज १८ देखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो ।
इच्छुक लगानीकर्ताले आज असोज २३ गते सोमबारसम्म आईपिओको लागि आवेदन दिन सक्ने छन् ।
कुल एक लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ९ हजार कित्ता आईपीओ सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।
आइपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट समेत सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा आवेदन दिन सकिने छ।
हाल चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको आईपिओ निष्काशनपछि चुक्ता पूँजी पाँच करोड ८० लाख रुपैयाँ पुग्नेछ ।
सपोर्ट माइक्रोफाइनान्स पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाई २०७२ को साउनबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
संस्थाले गत आर्थिक बर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको छ । सर्पोटको जगेडाकोषमा ३१ लाख १९ हजार रुपैयाँ सञ्चित छ ।