धरान/विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति सुनसरीको जिल्ला सम्मेलन सनिबार धरानको गीता भवनमा सम्पन्न भएको छ । सम्मेलनले पुनः आनन्दप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । तर, उपाध्यक्ष पदमा आफूखुसी नाम चयन गरेको भन्दै केशवप्रसाद अधिकारीले विरोध गरेका छन् । उनले आफू उपाध्यक्षमा योग्य हुँदाहुँदै अर्कैलाई राखेको आरोप लगाएका छन् । हाल निर्वाचित उपाध्यक्षमा लोकनाथ सुवेदी, चन्द्रमणी नेपाल र लक्ष्मी पराजुली छन् ।

सचिवमा हरेराम कर्मचार्य, कोषाध्यक्ष खजान्चीदास अग्रवाल चयन भए । यसैगरी सदस्यहरुमा भक्तबहादुर कटुवाल, धर्मराज तिम्सिना, विनायक वस्ती,लगायत १७ सदस्यीय समिति रहेका छन् । तर, यस विषयमा अधिकारीले भने अध्यक्ष आर्चायले राजनैतिक हिसावले आफुलाई सजिलो हुने र आफ्ना मानिसलाई मात्र कमिटीमा मनोमानी हिसाबले चयन गरेको बताए ।

समितीमा कुनै फारम नै नभरेको र सदस्य समेत नरहेको व्यक्तित्वलाई आर्चायले संघमा ल्याइ पदधारण गरार्याएको अधिकारीले बताए ।  उनले भने “विश्व हिन्दु महासंघ प्रजातान्त्रीक पार्टी हो , यदी सबैलाई समेटेर ल्यान सकिएन भने कसरी यो प्रजातान्त्रीक पार्टीको रुपमा खडा हुन सक्छ ? ” अधिकारीले प्रतिप्रश्न महासंघका पदाधिकारीलाई गरेका छन् ।  धार्मिक सस्थाले यस्तो कार्य गरेमा संघ प्रतिको जन विश्वास उठ्ने चिन्ता उनले व्यक्त गरे ।  यसै विषयमा धार्मिक शुभ चिन्तक एलबि कार्की भन्छन् “हिन्दुत्वको अगुवाई गर्ने मान्छे सक्षम हुनु पर्यो, आफ्नालाई होइन राम्रार्लाइ ल्याउनु पर्यो ।’

अध्यक्ष आनन्द प्रसाद आर्चायका अनुसार सबै उपाध्यक्षहरू क्याटगराइज पुरा गरेर भएकाे र यस विषयका बारेमा उनीसँग केँही व्यक्तिगत टिक्का टिप्पनी नभएको बताए । निर्वाचन कमिटीका अधिकृत डा.गोपाल भण्डारीले भने 'सत्य कुरा राख्नु भएकाे छ,' उनले अधिकारीकाे कुरालार्इ समितीले कदर गर्ने छ भने ।