धरान/मुस्लिम समुदायको महान पर्व बकर इद (ईद ऊल जोहा) को अवसरमा धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले सम्पुर्ण मुस्लिम धर्मवालम्बिहरुमा शुभकामना सन्देश दिएका छन् ।

 बकर इदको पुर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै मेयर तारा सुब्बाले बकर इदको अवसरमा सुख,शान्ति,संबृद्धी , आपसी सद्भाब र भाइचार कायम रहोस् भनि शुभकामना ब्यक्त गरेका हुन् ।

‘यस अवसरमा बहुसांस्कृतीक, बहु धार्मिक र बहुजातीय शहर धरानको बिकासमा सबै एकबद्ध भएर लाग्ने थप प्रेरणा मिल्ने छ भनि विश्वास ब्यक्त गरेको छु’ नगरप्रम्ख सुब्बाद्धारा जारी सन्देशमा भनिएको छ ।मुस्लिम समुदायको महान पर्व बकर इदको अवसरमा सरकारले आईतबार सार्बजनिक बिदा समेत दिएको छ ।