विर्तामोड । करेन्ट लागेर शनिवार बिर्तामोडमा एकजनाको ज्यान गएको छ । लामो समयदेखि बिजुली मर्मत्सम्बन्धी काम गर्दै आएका बिर्तामोड–५ पुरानो भद्रपुर रोड निवासी ४२ वर्षीय श्याम चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडकै कमल राईको घरमा मोटर जोड्ने क्रममा चौधरीलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी राजकुमार सिलवालले जानकारी दिए । चौधरीलाई करेन्ट उपचारका लागि अस्पताल लगिएको केही बेरमै उनको मृत्यु भएको सलिवालले जनाए । बिजुली बनाउने काम गर्ने भएका कारण मृतक चौधरी बिजुलीवाला नामले परिचित थिए ।