पाँचथर । निरन्तर वर्षाका कारण पाँचथरमा पुनः १२ घर जोखिममा परेका छन् । पहिरोले फालेलुङ गाँउपालिका र फिदिम नगरपालिका–१३ का गरी १२ घरमा जोखिममा परेका हुन् ।
शुक्रबार गएको पहिरोले फालेलुङ ५ लुङमादिनका ६ घर परिवार र फिदिम १३ गुर्धुमका ६ परिवार पहीरोको जोखिममा परेका हुन् ।
पहिरोमा परेर फालेलुङका भिम साँवा र थिरबहादुर साँवाको घरमा क्षति भएको स्थानीस सन्दिप थाम्सुहाङले बताएका छन् ।
त्यस्तै दिपक केरुङ, कान्तिवहादुर साँवा, गणेश साँवा, विष्णु साँवाका घरहरु समेत उच्च जोखिममा रहेका छन् । जोखिममा परेका उनीहरुलाई छिमेकिका घरमा बसेको थाम्सुहाङले जानकारी दिए ।
यसअघि साउन २६, २७ र २८ गते गएको पहिरोका कारण फालेलुङ गाँउपालिका १ र ३ मा मात्रै ११४ परिवार विस्थापित भएका थिए । पहिरोमा परि दुई जनाको मृत्यु भइसकेको छ भने अन्य दुई जना अझै बेपत्ता छन् ।
विस्थापितहरु स्थानीय विद्यालय र सार्वजनिक स्थलमा पाल टागेर बसेका छन् ।
फिदिम नगरपालिका १३ को गुर्धुममा शक्रबार राति गएको पहिरोका कारण ६ वटा घर जोखिममा परेको पाँचथर प्रहरीका डिएसपी बामदेव गौतमले जानकारी दिए ।