भद्रपुर । मानव तस्करले वैदेशिक रोजगारीका लागि भन्दै महिलालाइ गाउ घरमानै फकाउन जाने गरेको पाइएको छ । भारतको मुम्वई पु¥याउने गिरोहले आफूहरुलाई गाउँमै पुगेर फकाउने गरेको पाँचथरकी एक महिलाले बताएपछि यस्तो फेला परेको हो ।
झापाको काँकरभिट्टामा रहेको बिश्व सेवा बिस्तार संस्थामा उद्धार गरेर राखिएकी ती महिलाले आफूहरुलाई फकाउन महिलाहरु नै जाने गरेको र विदेशमा आकर्षक कमाइ हुने भन्दै प्रलोभनमा पार्ने गरेको बताइन् । आफूलाई पनि ४२ वर्षीया स्थानीय पवित्रा लिम्बूले फकाएर दलालको जिम्मा लगाउँदै मुम्वई पठाएको उनले बताइन् ।
भारपा–२ निवासी ती महिलाले शुरुमा आफूलाई बिर्तामोडमा ल्याएर राखेको र काँकरभिट्टा हुँदै भारत लान खोज्दा पवित्रा भागेपछि आफूलाई शंका लागेर खोजी गर्दा उनीहरुको पञ्जाबाट फुत्कन सकेको बताइन् । उनीसँगै आएकी अर्की एक महिलालाई भने सो गिरोहले काँकरभिट्टा नाका हुँदै भारत पु¥याएको बताएकी छिन् । गतविहीवार ती महिलालाई बिर्तामोडमा ल्याएर राखिएको थियो ।
उनलाई विर्तामोड ल्याउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।