तरहरा/गत श्रावण २७ गते गएको बाढीका कारण विस्थापीत भएका इटहरी ३ का सुनौलो बस्तीमा बाढी पिडितलाई इटहरीमा रहेको बुल्स इलेभेन क्लब इटहरीले आवश्यक लत्ताकपडा वितरण गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको क्लबले बाढीपिडितको क्षेत्रमा पनि सहयोग गदै आएको छ ।
बाढी पिडितहरु अझै पनि खुल्ला आकाशमुनी कष्टकर जिवन विताउँन बाध्य भएको भन्दै त्यहाँका क्लबका अध्यक्ष पूर्ण राईले वताए । उनले भने केहि समय अघि सम्म इटहरीको फोहोर सफा गदै आएका थियौ अहिले सर्वसाधरणहरुलाई राहत वितरण गर्ने काम गरीरहेका छौ उनले भने । हामी पिडितहरुको घाँउमा मलाम लगाउँदै छौ पूर्णले थपे ।
द रिभर ओभरसिज काठमाडौंबाट ५० थान सिरक,५० थान डसना, समेत वितरण गरीएको उनको भनाई थियो । हामीले विभिन्न संस्थाहरुले दिएको सामाग्रीहरु घरघरमा पुगेर बाढी दिएको छौ क्लबका अध्यक्ष पूर्ण राईले भने । इटहरी तथा आसपासको बाढी पिडितहरुको अवस्था अझै नाजुक नै रहेको भन्दै क्लबका अध्यक्ष राईले मनकारीहरुलाई अझै सहयोग गर्ने आग्रह गरेका छन ।