भद्रपुर । लागु औषध ओसारपसारमा संलग्न एक व्यत्तिलाई सामानसहित प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्युरो काकडभिट्टाका असइ देबि रमण तिमल्सिनाको टोलीले रामेछाप गौशाला ९ घर भई हाल मोरङको लेटाङ नगरपालिका ९ का २३ बर्षिय बिबेक मगरलाई लागु औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मगरको शरिर चेकजाँच गर्दा ढाडमा टेपले वेरिएको १९ थान डाईजोपाम, १९ थान फेनारागन र १९ थान लुपिजेसिक फेला पारेको असइ तिमल्सिनाले जनाए । नियन्त्रणमा लिएका मगरलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय काकडभिटटामा राखिएको प्रहरीले जनाएको छ ।
भारतीय बजारमा खुलेआम लागुऔषध बिक्री वितरण हुने गरेकाले पुर्वी नाका काकडभिटटाबाट दिनँहु लागु औषध नेपाल भित्रीने गरेको छ । मेची पुलमा खटिएका प्रहरीलाई चुनौती दिदै नेपालका युवायुवतीले भारतको पानीटंकी बजारबाट खरिद गरी नेपाल ल्याउने क्रम रोकिएको छैन ।