Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • किराँती धार्मिकस्थल जहाँ पशुबध र मदिरा निषेध छ

किराँती धार्मिकस्थल जहाँ पशुबध र मदिरा निषेध छ

alt फायल फाेटाे
  • भदौ १७, २०७४
  • ब्लाष्ट खबर

इलाम/देवी देवता खुशी पार्ने निहुँमा धेरै मठमन्दिर र धार्मिकस्थलमा बलि चढाउने गरिएता पनि इलामको यस्तो ठाउँ छ जहाँ पशुबध गर्न कहिल्यै दिइदैन् ।

[caption id="attachment_54522" align="alignleft" width="434"] फायल फाेटाे[/caption]

जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिकाको बाँझोस्थित किराँत धर्मावलम्बी रहेको माङसेबुङमा अहिले पनि पशुबलि र मदिरा निषेध छ । यहाँका प्रत्येक घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङका ध्वजा राखिएको छ । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई पनि अनौठो लाग्छ । तर यो कुनै पार्टी र संघसंस्थाको झण्डा नभई यस गाउँको विशेषतानै हो । दुई वर्षअघि यस गाउँलाई शाकाहारी गाउँ घोषणा गरिएको थियो ।

किराँत धर्मावलम्बीको धार्मिकस्थल माङसेबुङका करिब एक हजार ५०० बढी घरमा यस्तै ध्वजा राखिएको छ । सो गाउँमा मासु, जाँड, रक्सी निषेध गरिएको छ । जिल्ला र अन्य क्षेत्रबाट त्यहाँ जाने नवआगन्तुकलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेध गरिएको स्थानीय माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङ बताउनुहुन्छ । जताततै फोहर गर्न, सुँगुर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँवासीलाई प्रतिबन्ध नै लगाइएको छ । किराँत लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ भनेको छानेको ठाउँअर्थात् देवताले छानेको ठाउँ भएको विश्वाससहित डेढ दशकयतानै माङसेबुङमा बसोबास भइरहेको छ । सोही समयदेखि किराँत धर्म मान्नेले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रूपमा लिन थालेका हुन् । माङ्गेना सेवा समितिका अध्यक्ष योङहाङले विशेष गरी लिम्बू समुदायको बसोबास रहेको सो स्थान किराँत धर्मगुरु मुहिङ्गगुम आङसीमाङ लिङदेन आत्मनन्द सेइङ्ग (आत्मनन्द लिङदेन) को कर्मथलोको रूपमा विकास गरिएको छ । प्रत्येक वर्ष मंसिर १८ गते धर्मगुरुको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रूपमा मनाइन्छ ।

त्यसैगरी फागुन ३ गते गुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको जन्मोत्सव पनि धुमधामका साथ मनाउँदै आइएको छ । धार्मिकस्थलको रूपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ भने यहाँ विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा वैशाखे पूर्णिमालाई विशेष पर्वका रूपमा मनाइने गरिन्छ ।

झापाको दमकदेखि करिब १३ किलोमिटर उत्तरतर्फ कच्ची मोटरबाटोको यात्रा गरेर पुग्न सकिने माङसेबुङ विकासको दृष्टिले निक्कै पछि परेको छ । त्यहाँसम्म पुग्न ७४ पटक रतुवाखोला तर्नुपर्छ । रासस
सम्बन्धित समाचार
धरानमा कपडा पसलमा आगलागी

धरान । धरान उपमहानगरपालिका–९ स्थित आचार्य लाइनमा रहेको दुईतले घरको तल् ...

उपकुलपतिमाथिको हातपातमा गम्भीर आपत्ति

धरान । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति तथा प्रशासकमाथि अज्ञात समूहद् ...

योजना अलपत्र पार्ने ७ ठेकेदारकम्पनीहरूलाई उपमहानगरको ‘अल्टिमेटम’

धरान । उपमहानगरका महत्वपूर्ण सडकलगायतका योजनाहरू अधुरो छाडेर ठेकेदार कम्पनी ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरानमा कपडा पसलमा आगलागी
उपकुलपतिमाथिको हातपातमा गम्भीर आपत्ति
योजना अलपत्र पार्ने ७ ठेकेदारकम्पनीहरूलाई उपमहानगरको ‘अल्टिमेटम’
भत्काइयो धार्मिक वनमा सञ्चालित रेष्टुरेन्ट
धनकुटाको जिरोप्वाइन्टमा मालवाहक ट्रक दुर्घटना
इञ्जिन र चेसिस नम्बर फेरेर चलाएका ५ वटा सवारी नियन्त्रण
क्यासिनो घर सुधार गर
आजको राशिफलः २०८२ साल पुस ९ गते बुधबार
सुनको मूल्यमा भारी वृद्धि
झापाका बजारमा भारतीय अवैध माछा भित्र्याइँदै
लापसे गरी सवारी चलाउने ९ जना चालक पक्राउ
क्यासिनो छिर्न नेपालीसँग ‘भारतीय कार्ड’
बीपी प्रतिष्ठानमा ल्याव सेवा चौबिसै घण्टा
जेन जीले लुटेको हतियार बेवारिसे अवस्थामा बरामद
डिआइजिपी फुटबल भोलिबाट
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved