शनिश्चरे/झापाको दमक ६ स्थित ओम सत्य साईराम ट्रेडसमा विद्युत सर्ट भई आगलागीँ हुँदा १ करोड रुपैयाँ बढीको क्षति भएको छ ।
गणेश पराजुलीले सञ्चालन गरेको कपडा पसलमा हिजो साँझ भएको आगलागी स्थानीयवासी, प्रहरी र दमक नगरपालिकाको दुईवटा दमकलले लामो समयपछि राती आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दीपक गिरीले बताए ।
दशैंका लागि कपडा थप गरिएको अवस्थामा भएको आगलागीले करोड भन्दा बढीको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको उनले जनाए ।