धरान/सुनसरीको धरान उप-महानगरपालिका-८ साम्पाङ चौकमा शुक्रबार स्कारपियोको ठक्करबाट महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जिल्ला ताप्लेजुङ ढुङ्गेसाँगु गाउँपालिका-१ बस्ने ६५ बर्षिय चन्द्रमायाँ लिम्बु रहेकी छिन्। उनलाई धरानबाट इटहरीतर्फ आउँदै गरेको बा १५ च १७५४ नम्बरको स्कारपियो गाडीले साँझ ५ बजेतिर ठक्कर दिएको थयो। ठक्करबाट गम्भिर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जानएको छ।