भद्रपुर । नेपाल चिया उत्पादक संघ झापाको १२ औं वार्षिक साधारण सभा झापाको भद्रपुरमा शुक्रवार साँझ सम्पन्न भएको छ । संघका महासचिव शिवकुमार गुप्ताले एक वर्षको अवधिमा भएका गतिविधिका बारेमा कार्यपत्र सार्वजानिक गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
संघले एक वर्षको अवधिमा चियासंग सम्बन्धित मुख्य समस्याको रुपमा रहेको किसान द्धारा उत्पादित हरियो पत्तीको मूल्यका विषयमा सरकारले गठन गरेको विभिन्न समितिमा धारणा राख्न सफल भएको,पाँच प्रतिशत भ्याट फिर्ता सम्बन्धि प्रावधान चालु आर्थिक वर्षमा पनि कायम राख्न सकेको,संघको सिफारिसमा मल खादको व्यवस्थालाई निरन्तरता दिएको लगायतका महत्वपुर्ण कार्य गर्न सफल भएको संघका महासचिव गुप्ताले जनाएका छन् ।
त्यसैगरि संघका अध्यक्ष सुरेशकुमार अग्रवालको नेतृत्वमा पुर्व अध्यक्षहरुसहित भएका विभिन्न भ्रमण तथा छलफल कार्यक्रमले मन्त्रालयका विभागहरुसंग समन्वय गरी चिया उद्योगले पाइआएको ५० प्रतिशत भ्याट फिर्ता तथा मलखाद वितरण सम्बन्धि व्यवस्था आर्थिक वर्ष ०७४।७५ मा पनि यथावत राख्न सफल भएको,चिया एवं अलैचीको व्यापार प्रर्वद्धनको उदेश्यले नेपालका लागि अमेरिकन राजदुतको सहभागितामा भद्रपुमा भएको छलफलमा प्रतिवेदन पेश गरेको जस्ता कार्यक्रम सम्पन्न गरिएको संघका अध्यक्ष अग्रवालले जानकारी गराएका थिए ।
कार्यक्रममा भद्रपुरनगरपालिका मेयर जीवन कुमार श्रेष्ठ, विर्तामोडका मेयर ध्रुव कुमार सिवाकोटी,अञ्चल प्रहरी कार्यालय मेचीका एसएसपी पिताम्बर अधिकारी,जिल्ला प्रहरीका एसपी विष्णु कुमार केसी,अद्योगी, व्यवसायी,पत्रकार लगायतको उपस्थिती रहेको थियो । संघले साधाण सभाको अवसरमा रात्री भोजको समेत आयोजना गरेको थियो ।