विराटनगर/ एक नम्बर प्रदेश प्रमुख भएर आएका एअाइजी पशुपति उपाध्यायले कार्यभार समालेका छन् ।
प्रदेशहरुमा प्रहरी अतिरिक्त महानिरिक्षक राख्ने सरकारी निर्णयसँगै प्रदेश नम्बर १ मा एअाइजी उपाध्यायले कार्यभाग समालेका हुन् ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा बिहीबार आइपुगेका प्रहरी अतिरिक्त महानिरिक्षक उपाध्यायलाई मातहेतका प्रहरी अधिकृतहरुले आएकै एक कार्यक्रम आयोजना गरि स्वागत गरेका थिए । उपाध्यायलाई अञ्चल प्रहरी कार्यालय मेची, कोशी र प्रहरी तालिम केन्द्रका प्रहरी बरिष्ठ उपरिक्षक, प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर १ बिराटनगरका प्रहरी उपरिक्षक, ट्राफिक प्रहरी कार्यालय ईटहरीका प्रमुख, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरीका प्रमुख, सशस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबीका प्रमुख लगायत प्रहरी अधिकृत तथा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहण सँगै अत्तिरिक्त महानिरीक्षक उपाध्ययले बदलिदो परिस्थितीलाई आत्मासाथ गर्दै हिम्मत र साहसका साथ प्रहरी सेवामा खटिन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।यस अघी क्षेत्रीय प्रहरी प्रमुखको रुपमा प्रहरी नायब महानिरीक्षक रमेश कुमार भट्टराईले कार्यभार सम्हाल्दै आएका थिए । यसअघि पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरको कार्यालयलाई नै सरकारले प्रदेश प्रहरी कार्यालय तोकेको छ । सोही कार्यालयमासाउन ३२ गते गृह मन्त्रालयको निर्णय अनुसार उपाध्याय प्रहरी प्रधान कार्यालय कार्य बिभागबाट सरुवा भई आएका हुन ।