ताप्लेजुङ /मेचि राजमार्ग अन्तरगत ताप्लेजुङ–पाँचथर सडक खण्ड जोखिमपुर्ण बनेको छ । बुधबार र विहिबार रातिको वर्षा पछि आएको भलबाढि र पहिरोको कारण सडक क्षत विक्षत हुनुको साथै सडक मुनिबाट पानी निकास गरीएको स्थान भासिन र भत्कन थाले पछि सो सडक खण्ड जोखिमपुर्ण बनेको हो ।

फुङ्लिङ नगरपालीका ८ स्थित धुसेनि भिर देखि बहानन्दे सम्मको करीब दुई किलोमिटर सडक क्षति ग्रस्त भएकाले ठुला सवारी सञ्चालन गर्न असम्भव भएको सडक डिभिजन कार्यालयका सुपरभाईजर नविन उप्रेतिले बताए।

पहिरोले बगाएको र पुरेको स्थान मर्मत गरी विहिबार विहानैबाट सवारीसाधन सञ्चालन गरीए पनि विहिबार बेलुकाको वर्षाले अन्य स्थानको सडक भत्काउनुको सागै पानीको निकास भएको स्थानमा सडक मुनिबाटनै पानीले खेलेकाले ठुला सवारी सञ्चालन गर्न जोखिमपुर्ण भएको उप्रेतिको भनाई छ ।

सडक भत्किएको र बगेकाले साँघुरो भएको र मालबहाक सवारी साधन पनि सो स्थानमा सञ्चालन भए सडक भासिने संभावना बढि रहेको छ । पानीले बगाएको भागलाई मर्मत गर्ने क्रम जारी राखि कम लोड भएका सवारी मात्र हाल एक तर्फि सञ्चालनमा दिएको सुपरभाईजर उप्रेतिले बताए ।

दिनभर मर्मत गरेको सडक रातिको वर्षाले भत्काउने र बगाउने भएकाले नियमित सञ्चालन हुने बनाउन अझै केहि दिन लाग्ने उनको भनाई छ । सडक डिभिजन कार्यालयले बाटो जोखिमपुर्ण भएकाले रातको समयमा सो स्थानमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ भने दिनको समयमा पनि साना सवारी मात्र सञ्चालन गरी बाटो मर्मतमा सहयोग गर्न यातायात सञ्चालकलाई आग्रह गरेको छ ।

गत वर्षको भदौ १७ गते राति झरेको पहिरोबाट यो वर्ष पनि पहिरो सहित भल बाढि आउँदा धेरै सडक भत्किएको छ । बुधबार राति ताप्लेजुङमा वर्षकै सबै भन्दा बढि ८६.७ मिलिमिटर र विहिबार राति ३५.४ मिलिमिटर वर्षा भएको पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जानएको छ ।

अकस्मात अत्याधिक वर्षा हुँदा मेचि राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्ड क्षतिग्रस्त भएको छ भने जिल्लाका अन्य ग्रामिण कच्चि सडकमा यातायात बन्द भएको छ ।