तरहरा/तरहरामा नेपाल जेसिसको क्षेत्र क सम्मेलन २०१७ शुत्रबारबाट सुरु भएको छ । तरहरा जेसिसको आयोजनामा तरहरामा पहिलो पटक क्षेत्रीय क सम्मेलन भब्यताका साथ सुरु भएको हो ।

क्षेत्रीय क सम्मेलनको उद्घाटन धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान धरानका उपकुलपति आरके रौनियारले गरे । उनले जेसिसले युवाहरुलाई अगाडी बढ्न मद्धत समेत पुराउँदै आएको वताए । समाज सुधारमा जेसिसको महत्वपूर्ण योगदान रहेको उनको भनाई थियो ।

कार्यक्रममा इटहरी उपमहानगरपालीकाका मेयर द्धारिक चौधरीले जेसिसमा लागेकाहरुले सकरात्मक सोची समाज बनाउँन लागी परेको भन्दै जेसिसको प्रंशसा गरे । नेपाल जेसिसका अध्यक्ष प्रकाश अधिकारीले सामाजिक कार्यमा जेसिसको महत्वपूर्ण भुमिका खेल्दै आएको वताएका छन ।

समितिका निर्देशक मणिराम श्रेष्ठले पत्रकार सम्मेलन मार्फत वताएका हुन । सम्मेलन भदै १७ शनिवार सम्म वताए । तरहरा इटहरी,लगायतका क्षेत्रको भौगोलिक सास्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउँनु,युवाहरुलाई सकरात्मक सोचको विकास तथा आन्तरीक पर्यटन प्रर्बदन लगायतका उदेश्यका साथ क्षेत्र क सम्मेलन आयोजना गरेको तरहरा जेसिसले जनाएको छ।

सम्मेलनमा ३६ वटा जेसिसको शाखाबाट करी ५ सय ५० जना युवाहरुकोे सहभागी भएका छन । कार्यक्रममा जेसिसका सदस्यहरु जनप्रतिनिधिमा निर्वाचित भएकालाई केन्द्रिय समितिलाई बधाई समेत दिएको छ भने तरहराका वरिष्ठ फोटो पत्रकार यात्रा थुलुङ, डाक्टर धनकेशर खड्का र नेपाली फिल्मका निर्देशक नवल नेपाललाई सम्मान गरीएको हो ।