इटहरी /कटुवाल हातेमालो एकता समाज इटहरीले इटहरीका बाढी पिडितहरुलाई राहत वितरण गरेको छ । विहीबार इटहरी–१० स्थित शिवालय टोलका बाढी पिडित घर परिवारको लागि राहत प्रदान गरेको संस्थाका अध्यक्ष नगेन्द्रबहादुर कटुवालले जानकारी दिए ।

२५ हजार रुपैयाँ बराबरको खाद्यान्न, लत्ता कपडा लगायतको राहत सामाग्री टोल समितिलाई जिम्मा दिइएको थियो । तीजको अवसरमा कटुवाल बन्धु र अन्य सहयोगीबाट सो राहत संकलन गरिएको संस्थाका संंस्थापक सदस्य गोविन्द कटुवालले जानकारी दिए । राहत वितरणमा संस्थाका सस्लाहाकार नइन्द्र कटुवाल, सचिव अर्जुन कटुवाल, कोषाध्यक्ष कुन्ता कटुवाल, सिर्जना कटुवाल, टिका कटुवाल, मुना कटुवाल, रञ्जना कटुलाल, उमाराज कटुलाललगायतको सहभागिता रहेको थियो ।