धरान/धरान जेसिजले सप्ताहव्यापी कार्यक्रमका साथ ४२ औं वार्षिकोत्सव बुधबार सम्पन्न गरेको छ । जुनियर जेसिजको २१ औं वार्षिकोत्स पनि एकसाथ मनाएको छ । कार्यक्रममा धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई दोसल्ला ओढाएर स्वागत सम्मान गरियो । जेसिजले चार जना फरक क्षमता (सुस्त मनस्थिति) भएका बालबालिकाहरुलाई छात्रवृति प्रदान गरेको छ । यसैबीच साताव्यापी कार्यक्रममा विजेताहरुलाई पुरस्कार प्रदान गरियो । साताव्यापी अन्तर्गत लोकबहादुर स्मृति कविता प्रतियोगिता, हेल्दीवेवी प्रतियोगिता, भजेन्द्र वतृmत्व कला प्रतियोगिताका विजेता, उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको मूल संयोजक सञ्जु राईले बताइन् । जेसिजले भदौं ८ गते साइकल र्याली आयोजना गर्दै साताव्यापी कार्यक्रमको सुभारम्भ गरेको थियो । जेसिज वर्ष २०१७ अध्यक्ष सन्दीप शाक्यले धरानलाई पर्यटन, स्वास्थ्य, शैक्षिक केन्द्र र साँस्कृतिक सहरको रुपमा विकास गर्नको लागि नगर प्रमुख, उपप्रमुखहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष श्रीधर बस्याल, उपाध्यक्ष हेमराज खनाल, धरान जेसिजका पूर्व अध्यक्ष मोहन श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । सांगीतिक तथा नृत्य गर्दै कार्यक्रममा मनोरञ्जनात्मक बनाइएको थियो ।