भद्रपुर । पत्रकारिताको क्षेत्रमा उल्लेखिय गोगदान पुर्याएको भन्दै एक पत्रकारसहित अन्य दुइ जना राष्ट्रसेवक कर्मचारिलाई पुरस्कृत गरिएको छ । स्वर्गीय प्रमोद तामाङ्को सातौ स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन एवं राष्ट्रसेवक सहकारी संस्था लिमिटेड झापाले विहीवार अपरान्ह् भद्रपुरमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा पुरस्कार प्रदान गरेको हो । स्वर्गीय प्रमोद तामाङ् स्मृति शुसासन पत्रकारितावाट भद्रपुरवाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक माया पकुवाल पुरस्कृत भएकी हुन् । पकुवाललाई सम्मान पत्रसहित ५ हजार एक सय ५१ रुपैया नगद प्रदान गरिएको थियो । त्यसैगरि स्व तामाङ् स्मृति उत्कृष्ठ राष्ट्र सेवकमा ऐकेन्द्र ढकाल र चन्द्रकला निरौलालाई नगद १० हजार एक सय ५१सहित सम्मान पत्र प्रदान गरिएको थियो । संगठनका अध्यक्ष केदार पोखरेलको सभापतित्व तथा केन्द्रिय अध्यक्ष केदार देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृतको तर्फवाट माया पकुवाल,प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल लगायतले कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रमको औचित्यमाथि संगठनका उपाध्यक्ष निरज कट्टेलले प्रष्ट पारेका थिए भने सञ्चालन सचिव तेजप्रसाद रेग्मीले गरेका थिए ।