तेह्रथुम/तेह्रथुमको लालीगुराँस नगरपालिका ९ कांडेमा विहिबार दिउसो वस दुर्घटना भएको छ ।

दुर्घटनामा परी दश जना वढी यात्रु घााईते भएका छन् । तेह्रथुमको म्याङलुङवाट काठमाडौंका लागि छुटेको ना ६ ख ७६९० नम्वरको मितेरी यातायात दुर्घटनामा परेको हो । ४० जना यात्रु सवार वस कांडे खण्डको विच सडकमै पल्टीएको हो । दुर्घटनामा परी घाईते भएकी म्याङलुङ ३ की फुलमायाँ तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

व्रेकको पाईप फुटेर व्रेक नलाग्दा दुर्घटना भएको चालकको भनाई छ ।