धरान/आफैले चलाएको स्कुटी चिप्लिएर दुर्घटना हुँदा धरान ११ का ४० वर्षीय विनोद राई गम्भीर घाइते बनेका छन् । भानुचौकबाट घर तर्फ जादै गरेका राईले को २८ प ६८९८ नम्बरको स्कुटी चिप्लिएर दुर्घटना हुँदा गम्भीर घाइते बनेका हुन् । बिहीबार करिव ८ बजेतिर दुर्घटना भएको थियो । उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिए पनि थप उपचारको लागि उनलाई विराटनगर लगिएको उनको आफन्त लोकेन्द्र सुब्बाले जानकारी दिए । उनी प्रतिष्ठानमा बोल्न नसक्ने अवस्थामा पुगेका थिए । सिमसिम पानी परेका कारणले आफै चिप्लिएर लडेको भनेर घाइतेले प्रहरीलाई जानकारी गराएको उनले बताए । उनको टाउकोमा चोट लागेको छ ।