लक्ष्मीमार्ग/बेलवारी ८ राधानगर स्थीत रहेको सिंह देवी सामुदायीक वन क्षेत्र स्थीत बिहिवार ५ हेक्टर वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरीएको छ ।
“विरुवा रोपौ वन जोगाऔँ” भन्ने मुल नाराका साथ सिंह देवी सामुदायीक वनको आयोजनामा कार्यक्रम गरीएको थियो । रक्त चन्दन, सेतो चन्दन, वन अमला, मसला, तेज पत्ता, अघौरी, कदम लगायत विभिन्न अन्तर प्रजातीका विरुवाहरु रोपिएको उक्त सामुदायीक वनका अध्यक्ष सम्मर बहादुर तामाङले बताए । जिल्ला वन कार्यलय मोरङका प्रमुख डिएफओ डा. विनोद प्रसाद देवकोटाले वृक्षारोपणको उद्धघाटन गरेका थिए । विक्षारोपण पश्चात उक्त सामुदायिक वन समितिले निम्न वर्गका उपभोक्ताहरुलाई वंगर र बाख्रा उपलब्ध गराएको थियो । २६ वटा बाख्रा र २० वटा बंगुर अनुदान स्वरुप पाए पछि उपभोक्ताहरु उत्साहित देखिन्थे ।