शनिश्चरे/नेपाल घरेलु उधोग महासंघ केन्द्रीय उपाध्यक्ष राजेश कोइरालाले उधोगीको नाममा आउने बजेट पनि ब्यवसायी संघले लिने गरिरहेको आरोप लगाउँदै उद्योगीको हितका लागि उधोग संघ आवश्यक रहेको बताएका छन् ।
प्रदेश नम्वर १ का अध्यक्ष समेत रहेका कोइरालाले झापाको विहीवार दमकमा साना उद्योगीहरुको भेलामा सो कुरा वताएका हुन् । उनले भने ‘व्यवसायीहरुको हकहितका कुरा बढी उठ्ने गर्छन् तर लगानी गर्ने उद्योगीको कुरा ओझेलमा परेको बुझेर संघ बनाउँदै लानु आवश्यक रहेकाले संघ निर्माणको अभियानामा छौं ।’ कुनै पनि सीप जानेको र कुनै पनि बस्तु उत्पादन गर्ने ब्यक्ति नै उधमी भएको हुँदा उनीहरुको हक अधिकार प्राप्तिका लागि उधोग संघ आवश्यक रहेको उनको भनाई छ ।
झापा घरेलु साना उधोग संघ जिल्ला अध्यक्ष महेन्द्रभुषण शाहको अध्यक्षतामा भएको भेलाले तर्दथ समितिको अध्यक्षमा पदम भण्डारीलाई चयन गरेको छ । सचिवमा राजिव जैसवाल, कोषध्यक्षमा रक्षा सुवेदीलाई समेत सर्वसम्मत चयन गरिएको छ । सदस्यहरुमा कृष्णबहादुर विश्वकर्मा, देवकुमार थापा, रामबहादुर लिम्वू र रमेश गहतराज चयन भएका छन् ।
उधोग महासंघका केन्द्रिय सदस्य रुद्ध गिरीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभ कामना ब्यक्त गदै ७ सय ४४ वटै स्थानीय तहमा उधोग संघ गठन गर्ने अभियान भइरहेको बताए ।