विराटनगर / अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विराटनगर ५ स्थित मेरिल्याण्ड कलेजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
कलेजमा युथ फर ब्लडको सहकार्यमा रगत सचेतना कार्यक्रम साथै रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा २४ पिन्ट रगत संकलन गरिएको थियो । यसका साथै कलेजमा सेल्फ हेल्प डेभलपमेन्ट विषयमा युवा अभियानता तथा बिकल्प संस्थाका निर्देशक वसन्त अधिकारीले युवाहरु संग अन्तरक्रिया गरेका थिए ।
कलेजमा वेलायतको १८० वर्ष पुरानो बेलायती विश्वविद्यालय उल्भरह्याप्टनको बिजनेस डिग्रीको पढाइ भइरहेको छ ।