[caption id="attachment_52775" align="alignleft" width="299"] पिडित भुजेल[/caption]

इटहरी /ओठमा क्यान्सर भएर उपचार अभावमा रहेकी संखुवासभाका गणेश भूजेललाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

सङ्खुवासभाको मादी नगरपालिका ६ निवासी ५२ बर्षीय गणेश भुजेलको मुखको तल्लो भागको आँेठमा देखिएको क्यान्सर रोगको शल्यक्रियाको लागि इटहरीमा ३२ हजार ४ सय १५ रुपियाँ उपचार सहयोग हस्तान्तरण गरिएको हो । इटहरीका पत्रकार सुरेश दाहालको सक्रियतामा सो रकम संकलन भएको हो । भरतपुरस्थिति बीपी क्यान्सर अस्पतालमा यही साउन ३२ मा मुखको तल्लो भागमा देखिएको क्यान्सर रोगको शल्यक्रिया गर्ने तयारी भइरहेको परिवार जनले बताएका छन् ।

उपचारमा हिडेका भूजेल परिवारलाई विहीबार सो रकम प्रदान गरिएको हो । क्यान्सर रोगको उपचारमा पाँच लाख रुपियाँसम्म खर्च लाग्ने भए पछि आर्थिक अभावमा सो परिवारले उपचार गराउन सकेका थिएनन् । पत्रकार सुरेशराज दाहालले गणेशको श्रीमती मुगामायालाई सो रकम प्रदान गरेका थिए । तीन छोरी एक छोराका दम्पत्ती भुजेल परिवारले परिवारका अगुवा र गरेर पाल्ने मान्छेलाई नै यस्तो रोग लागेपछि परिवारको बिचल्नीमा परेको मुगामायाले बताइन् ।