पथरी/ मोरङको पथरीशनिश्चरे–९ रिगुवास्थीत स्थानीय भूवन धिमालले धिमाल जातीको धार्मिक स्थल महाराज ग्रामथानको जग्गा अतिक्रमण नभई संरक्षण गर्दै आएको बताका छन् । एकहप्ता अघि त्यहाँका केहि स्थानीयहरुले ग्रामथानको जग्गा अतिक्रमण गरेर घर बनाएको बिरोध गर्दै बिभिन्न संञ्चारमाध्यममा प्रचारप्रसार गरेका थिए ।
धिमालले मंगलबार पत्रकार सम्मेलन गर्दै दलिय आस्थाको आधारमा प्रतिसोध साँधेर जग्गा अतिक्रमण गरेको प्रचारप्रसार गरेर आफुलाई फसाउन खोजेको भन्र्दै आपती जनाएको छ । स्थानीय भुवन कुमार धिमाल,खरिन्द्र धिमाल,दिनेश कुमार धिमाल र वेद बहादुर धिमालको हस्क्षातर भएको विज्ञप्ती वितरण गर्दै उनिहरुले आपती जनाएको छ । भूवन धिमालको बुबा छबिलाल धिमाल र मामली हजुरवुवा हर्कबहादुर धिमाले २०९४ सालमा ग्रामथान स्थापना गरेर संरक्षण गर्दै आएको बताए । अहिले सो स्थानमा ७ कठ्ठा जग्गा ग्रामथानको नाममा रहेको छ । सुरुमा ग्रामथान स्थापना गर्दा ५ धुर जग्गामा गरिएको थियो, पछि गएर हामी सवै वसोबास गरेरकाहरुले जोतभोग गर्दै आएको जग्गाबाट बसैले मिलेर ग्रामथानलाई बाटोको सिमाना पारेर पूर्वपछि ७ कट्ठा छुट्याइएको महाराज ग्रामथानको अध्यक्ष नगेन्द्र धिमाल बताउन्छन् ।
ग्रामथानको नाममा एलनी ७ कटठा जग्गाको सिमाङकन २०६५ जेठ १९ गते जिल्ला प्रशासन कार्यालयमा,२०६५जेठ १९मा साविब शनिश्चरे गाविसमा,२०६५जेठ २९ गते धिमाल जातिय बिकास केन्द्र नेपालको केन्द्रिय न्याय समितिले सर्जिमित पत्र प्रमाण ग्रामथान सँग सुरक्षित रहेको अध्यक्ष धिमालले बताए । महाराज ग्रामथानको अध्यक्ष नेकपा एकालेबाट नवनिर्वाचित वडा सदस्य हुन । उत्तर–दक्षिणको हाम्रो सिमाना हो,भूवन धिमालले अहिले आफ्नै जग्गामा घर बनाउन लागेको हो यहाँ ग्रामथानको जग्गा कसैले अतिक्रमण गरेको छैनन् स्थानीय वेदबहादुर धिमालले बताए ।
उता धिमाल महाराज ग्रामथान रिगुवा टोल समितिका सचिव सत्तोष धिमालले तत्कालीन बयरवन पञ्चायत ९ ठ को कित्ता नम्बर १३८ को एलेनी जग्गा १२ कट्ठा ८ धुरमध्ये ५ कट्ठा अतिक्रमण गरेर केहीले घर बनाइरहेको आरोप लगाएका छन् ।