विजयपुर/वराह ज्वेलरी इन्ड्रष्टिज प्रालीले ब्यापार प्रर्बधन र बार्षिक उत्सब सम्पन्न गर्न बिषयमा बुधबार युनिभर्सल पिस फ्रेडेरेशन र आरम्भ नाट्य डवलीसँग अन्तरकृया गरेको छ ।
अन्तरकृयामा बोल्दै बक्ताहरुले वराह ज्वेलरीले ब्यापारलाई सामाजिक सेवाको रुपमा स्थापित गर्न सफल भएको बताएका छन् । युफिएफ सुनसरीका अध्यक्ष बिक्रम श्रीले वराह ज्वेलरीले समाजिक क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको बताए । उनले वराहलाई पर्यटकिय केन्द्रको रुपमा बिकास गर्ने गरि कार्यकम बनाउनपनि सुझाब दिए ।
उनले वराहको छुट्टै ल्याण्डमार्क निर्माण गर्न सके राम्रो हुने सुझाब दिए ।कार्यक्रममा बोल्दै बराह ज्वेलरीका प्रशासकीय अधिकृत गंगा कालीकोटेले वराहको उदेश्य नै समुन्नत समाज निर्माण गर्ने रहेकाले बराहलाई सबैको साझा सम्पतीको रुपमा बिकास गर्न खोजीएको बताए । बराहका धरान शाखा प्रमुख मानबहादुर दियालीले वराहले शुभचिन्तकहरुबाट प्राप्त राय र सुझाबलाई आत्मासाथ गर्दे अगाडि बढ्ने बताए ।
कार्यक्रममा युपीएफ सुनसरीका सल्लाहकार तथा ब्लाष्ट टाईम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्की,आरम्भ नाट्य डवलीका अध्यक्ष गोपाल देवान,पिस एम्बास्टर तथा बिजयपुर एफएम धरानकी अध्यक्ष हिमाल राई लगायतको उपस्थिती रहेको थियो ।