भद्रपुर/झापामा एक महिला कैदी बन्दीको मंगलबार मुत्यु भएको छ ।मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ साविक खुदुनाबारी गाविस ३ बस्ने ६५ बर्षिय तारादेवी ऋषिदेवको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मुत्यु भएको हो ।
दम रोगबाट ग्रसित तारादेवी तीनदिन अघि अञ्चल अस्पतालमा उपचार्थ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषध मुद्धामा पक्राउ परेकी उनि झापा कारागार भद्रपुरमा कैद जिवन विताइरहेकी थिइन् ।२०७१ साल चैत ८ गते लागु औषध मुद्धामा दोषी ठहर भएकी तारादेवीलाई झापा अदालतले २ बर्ष कैद सजाय र एक लाख रुपैया जरिवानासहिको सजाय तोकेक थियो ।
२ बर्ष कैद पुरा गरिसकेकी तारादेवीका परिवारले एक लाख रुपैया जरिवाना बुझाउन नसक्दा उनलाई थप चार बर्ष कैद सजाय तोकिएको थियो ।