धरान / इटहरीका टायल व्यापारी ३६ वर्षीय गोविन्दप्रसाद दाहालको मृत्युपछि धेरै प्रश्नहरु जन्मिएका छन् । धरानको होटल द रत्ना इनमा एक्कासी बेहोस भएर मृत्युवरण हुन पुगेका व्यापारी दाहालको साथमा आउने युवति को र कहाँकी थिइन् ?
अहिले सबत्र चासोको विषय बनेको छ । तर, प्रहरीले युवतीको गोपिनियतालाई मध्यनजर गर्दै उक्त युवतिको पहिचान खुलाएको छैन । त्यति मात्रै नभई धरान प्रहरीले व्यापारी दाहालसँग कोही पनि नभएको र कसैलाई पनि पक्राउ नगरिएको दाबी गरेको थियो । तर, प्रहरीको दाबी करिव करिव झुटो सावित भइसकेको छ ।
व्यापारी दाहालको साथमा एकजना युवति आएको होटल सञ्चालकलेसमेत पुष्टी गरिसकेका छन् । तर, उनी को थिइन् भन्ने बारेमा होटल सञ्चालक नविन श्रेष्ठ पनि अनभिज्ञ छन् । यस बारेमा घटना पछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडालाई फोनमा बुझ्दा कोही कसैलाई पनि पक्राउ नगरिएको सामान्य सोधपुछको लागि होटलकै स्टाफहरु ल्याइएको दाबी गरेका थिए । आखिर प्रहरीले किन सार्वजनिक गर्न चाहेन । थप घटना रहस्यमय बनेको छ । यता आफन्तहरुले नै भवितव्यमा जाहेरी दिएको कारणले पनि प्रहरीलाई बाटो खुल्ला भएको छ ।
खासमा आइतबारका दिन व्यापारी दाहाल साढे सातबजे साँझतिर धरान तिर आएका थिए । दाजूभाइ मध्ये एकजनाले जग्गा किनेको र आइतबारकै दिन पास गरेपछि ‘गेट टुगेदर’ गरेका थिए । गेट टुगेदरपछि उनी धरान जाने भनेपछि दाजूभाइहरुले रातिउधी नजान भन्दै रोक्ने प्रयास गरेका एक स्रोत बताउँछ । तर, उनी एकैछिनमा आइपुग्ने भन्दै सुजुकी गाडी लिएर धरान तिर आएका थिए । करिव ८ बजेतिर धरान आइपुगेका उनले साथमै युवति लिएर आएका थिए ।
उक्त युवतिसँग केही क्षण बिताएलगत्तै उनी बेहोस हुन पुगेका थिए । त्यसपछि सोही युवतिले स्टाफहरुलाई फोन गरेर अस्पताल लगिएको थियो । उक्त युवति पनि इटहरी–६ मै डेरा गरी बस्ने गरेको इप्रका धरानका डिएसपी खतिवडाले बताए । तर, केही मिडियाहरुलाई उनी धरानकी युवति रहेको र एकल महिला रहेको डिएसपी खतिवडाले बताएका छन् ।
ती युवतिको एकजना बच्चासमेत रहेको र उनको उमेर करिव २५–२६ वर्षको एकल रुपमा बस्दै आएको डिएसपीले बताए । दाहालको साथी रहेको डिएसपी खतिवडा बताउँछन् । आइतबार कै दिन ‘विश्व फ्रेण्डसिप डे’ समेत परेको थियो । यसकारण गरिएन उनको नाम सार्वजनिक डिएसपी खतिवडाका अनुसार युवतिको पनि आफ्नो गोपिनियता राख्नु पर्ने भएकाले उनको नाम सार्वजनिक नगरिएको हो । यो घटनामा कसैले कसैलाई मारेको नदेखिने भएकाले पनि सामान्य अनुसन्धान र सोधपुछपछि छाडिएको थियो । अनुसन्धानको लागि सामान्य नियन्त्रणमा लिएर छाडिएको डिएसपी खतिवडाले बताए ।
‘अहिले तत्काल अरु कोही कसैले मारेको दैखिदैन । जो महिला थिइन्, उनको गोपिनियताको लागि पनि हामीले नाम सार्वजनिक गर्न चाहेनौं ।’ उनले भने, ‘उसको साथी रहेछ । इटहरी ६ मै बस्दै आएको । केटीको बिहे भइसकेको र एकजना बच्चासमेत रहेको छ ।’