विराटनगर / झी पुच विराटनगरको आयोजनामा विराटनगरमा मंगलबार विहान भव्य गाईजात्रा निकालिएको छ । वर्षभरि निधन भएका आफन्तहरूको स्मरण गर्दै आफन्तहरुले विराटनगरमा गाईजात्रा निकालिएको हो ।

विराटनगरको झी पुचको कार्यालयदेखि निकालिएको ¥यालीले नगरेको विभिन्न भाग परिक्रामा गरेको थियो ।मृतकका परिवारले सम्भव भएसम्म घरको सबैभन्दा कान्छो सदस्य छोरा भए छोरा नभए छोरीलाई सिंगारेर गाईको स्वरुप मान्दै विराटनगरमा भिक्षा माग्दै महानगर परिक्रमा गरिएको देखियो ।